Like us!
Follow us!
Connect us!
Watch us!

हो सेवा भनेको यस्तो गर्नुपर्छ - नेशनल लाईफ इन्स्योरेन्सलाई धन्यवाद !!

अर्थ संसार

विहीबार, ०५ जेठ २०७९, २१ : ३८ मा प्रकाशित

हो सेवा भनेको यस्तो गर्नुपर्छ - नेशनल लाईफ इन्स्योरेन्सलाई धन्यवाद !!

सेवा नै धर्म हो, यो राम्रो बुझेको छ नेशनल लाईफ इन्स्योरेन्सको व्यवस्थापनले। आज नेशनल लाईफ इन्स्योरेन्स र एक एक पाईला फाउण्डेशन संस्थामा आज एक संझौता भएको छ जस अनुसार सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पताल स्थापना गरी संचालन गरिनेछ र दुर्गमका जनताले स्वास्थ सेवा पाउने छन्। 

कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र फाउण्डेशनका तर्फवाट फाउण्डेशनका प्रेसिडेण्ट डा.सुमन थापाले संझौतामा हस्ताक्षर गर्नु भएको छ । संझौता अनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र ब्यवस्थापन हुनेछ र सो अस्पतालको संचालनमा आर्थिक सहयोग पु-याउन ३ वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष रु.२० लाख आर्थिक सहयोग गर्नेछ । समारोहमा डा. सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको प्रतिष्ठित एक एक पाईला फाउण्डेशन विस २०७२ साल देखि नेपालको दुर्गम क्षेत्रहरुमा निशुल्क स्वास्थ्य सेवाहरु उपलब्ध गर्दै आइरहेको एक गैर सरकारी संस्था हो । नेपाली स्वयं सेवकहरु कार्यरत रहेको उक्त फाउण्डेशनले स्थानिय सरकार र स्थानिय साझेदारहरुको सहकार्यमा विशेष गरी दुर्गम क्षेत्रहरुमा स्वास्थ्य शिविरहरु स्थापना गरी उल्लेखनीय स्वास्थ्य सेवा पु-याइ आएको छ ।

कम्पनीको यस सहयोगवाट १५ सैयाको सामूदायिक अस्पतालको संचालन भै उक्त क्षेत्र वरिपरि रहेका करीब ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने आशा गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको