Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दी खोलालाई आईपीओ बिकाउन हम्मेहम्मे, अन्तिम दिनसम्म ६९% मात्र बिक्यो

अर्थ संसार

शुक्रबार, ०६ जेठ २०७९, १० : ५१ मा प्रकाशित

दोर्दी खोलालाई आईपीओ बिकाउन हम्मेहम्मे, अन्तिम दिनसम्म ६९% मात्र बिक्यो

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वैशाख १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेकाे आईपीओ भर्ने हिजाे (जेठ ५ गते, बिहीबार) अन्तिम दिन थियाे । अन्तिम दिनसम्म कम्पनीकाे आईपीओ ६९% मात्र बिकेकाे छ ।

सिडिएसका अनुसार बिहीबार साँझ ५ बजेसम्म २ हजार ८ सय १० जना आवेदकहरुले ७ लाख २८ हजार १ सय १० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर निष्कासन गरेको हो। सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्दथे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको