रुसले फिनल्यान्डतर्फको ग्यास आपूर्ति रोकेको छ । भुक्तानी सम्बन्धी विवादका कारणले गर्दा फिनल्याण्डमा ठूलो मात्रामा ग्यास निर्यात गर्दै आएको रुसले पूर्णरूपमा आपूर्ति बन्द गरेको हो ।
युक्रेनमाथि सैन्य हमला गरेपछि पश्चिमा मुलुकहरूले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् । जसकारण, रुसले डलर र यूरोमा नभइ रुबलमा भुक्तानी गर्न फिनल्याण्डसँग माग गरेको थियो । उक्त माग फिनल्याण्डले अस्वीकार गरेपछि आपूर्ति बन्द गरेको हो ।
फिनल्याण्डमा प्रयोग हुने प्रकाकृतीक ग्यासको धेरै हिस्सा रुसबाट आयात हुने गरेको छ । रुसको ग्यास बिना नै ऊर्जाको कूल मागको आपूर्ति धान्न फिनल्याण्ड तयार रहेको बताइएकाे छ ।
ग्यास आपूर्ति रोक्ने रुसको निर्णयमा भुक्तानी विवाद मात्र नभएर नाटोमा जोडिने फिनल्याण्डको चाहनाबाट समेत प्रभावित छ । (एजेन्सीकाे सहयाेगमा)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस