Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले ३ वर्षमा ९० प्रतिशत लाभांश दिने

अर्थ संसार

शनिबार, ०७ जेठ २०७९, १६ : ०३ मा प्रकाशित

नबिल बैंकले ३ वर्षमा ९० प्रतिशत लाभांश दिने

नबिल बैंकका संचालक समितिक अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले लगातार आगामि तीन आर्थिक वर्षसम्म ३० प्रतिशत भन्दा माथिको दरले सेयरधनीलाई लाभांश दिने बताएका छन् । 

नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्न बुधबार बोलाइएको नबिल बैंकको विशेष साधारणसभामा सेयरधनीलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले भने-' बजारले हिजोआज दिएको प्रतिफल भन्दा दोब्बर वा ३० प्रतिशत लाभांश दिनेछौं । हामी लगातार तीन वर्षसम्म सेयरधनीलाई ३० प्रतिशतको दरले लाभांश दिन्छौं ।'  

नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपछि भोलीका दिनमा बैंकले दिने  सेयरधनीको   प्रतिफलको प्रश्नमाथि जवाफ दिदै अध्यक्षले यस्तो बताएका हुन् । साधारणसभामा एक  दर्जन जति सेयरधनीले बोलेका थिए । 

नबिल बैंककाे विशेष साधारण सभा सम्पन्न, नेपाल बङ्गलादेशलाई प्राप्ति गर्ने प्रस्ताव पारित

विशेष साधारणसभामा सेयरधनीले संचालक र व्यवस्थापनको कार्यशैलीप्रति अपत्ति जनाएका थिए । चर्काचर्की  भएको साधारणसभाको भिडियो अर्थ संसार युटुव च्यालनमा हेर्न सक्नुहुनेछ । जेठको अन्तिमबाट संयुक्त कारोबार गर्ने तयारी भैरहेको बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको