Like us!
Follow us!
Connect us!
Watch us!

बिल गेट्स भन्छन्, "एलन मस्क भन्दा कम पैसा हुनेले क्रिप्टोमा लगानी नगर्नुस्"

अर्थ संसार

आइतबार, ०८ जेठ २०७९, १४ : ०४ मा प्रकाशित

बिल गेट्स भन्छन्, "एलन मस्क भन्दा कम पैसा हुनेले क्रिप्टोमा लगानी नगर्नुस्"

हाल संसारभर डिजिटल अर्थतन्त्रको कुरा भइरहँदा छुटाउनै नहुने विषय बनेको छ क्रिप्टोकरेन्सी । अबको मुद्रा भनी संसारभर बहस हुँदै गर्दा संसारका चौथो धनाढ्य बिल गेट्सले क्रिप्टोकरेन्सीमा आफुले कुनैपनि लगानी नगरेको बताएका छन्। क्रिप्टोकरेन्सीले समाजमा कुनै योगदान नदिने र यसको प्रतिफल नदिने बताएका छन्। 

बिहीबार गेट्सले रेडिट नामक सामाजिक सञ्जालमा एकजना प्रयोगकर्ताको प्रश्नको उत्तर दिँदै यस्तो प्रतिक्रिया दिएका थिए।"मैले सकारात्मक प्रतिफल दिने क्षेत्रमा मात्र लगानी गर्छु" उनले बताए। कम्पनीको प्रतिफल उसले दिने उत्पादनमा आधारित रहन्छ,क्रिप्टोको भ्यालु २ लगानीकर्ताले कतिमा खरिद गर्न चाहन्छ त्यसमा निर्धारित हुने हुँदा त्यसले कुनै प्रतिफल दिँदैन उनले बताए। 

उनले पहिला क्रिप्टोमा लगानी गर्न चाहेका हरुलाई व्यंगात्मक रूपमा चेतावनी दिएका थिए, एलन मस्क भन्दा कम पैसा हुनेले यसमा लगानी नगर्नुहोस्। 

उनले क्रिप्टो र यसले पार्न सक्ने प्राकृतिक असरप्रति चासे देखाएका थिए। क्रिप्टोको गत वर्षको ऊर्जा खपत ठूलो हात रहेको छ र क्रिप्टोकरेन्सी मिनिङमा विश्वभर ५% विद्युत खपत भएको उनले बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको