नेपालबाट १० महिनामै वस्तु तथा सेवाको खरीदमा १६ खर्ब ४ अर्ब रूपैयाँ बाहिरिएको छ । नेपालको वर्षभरिको बजेटकै आकारको रकम वैशाखसम्म मुलुक बाहिर गएको हो ।
चालू आर्थिक वर्ष ०७८÷७९का लागि सरकारले १६ खर्ब ३२ अर्ब रूपैयाँको बजेट विनियोजन गरेको छ । यही बजेटकै आकारसरहको रकम चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा आयात गर्दा बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
विभागको तथ्यांकअनुसार चालू आवको वैशाखसम्ममा अत्यावश्यक उपभोग्य वस्तुदेखि विलासिताका वस्तुसम्मको खरीदमा उक्त रकम खर्च भएको हो । यस्तो आयात गत वर्षको सोही अवधिको तुलनामा २७.९५ प्रतिशतले बढेको छ । नेपालमा अधिक खपत हुने प्रमुख १० वस्तुको खरीदमै करीब ५ खर्ब रूपैयाँ सकिएको छ । भन्सार विभागको तथ्यांकअनुसार इन्धन, खाने तेल, सुन, मोबाइलसहितका १० प्रकारका वस्तुको खरीदमै ४ खर्ब ९५ अर्ब रूपैयाँ सकिएको छ ।
विभागका अनुसार आयात गर्दा सबैभन्दा बढी खर्च पेट्रोलियम पदार्थमा हुने गरेको छ । वैशाखसम्ममा डिजेलमा मात्रै १ खर्ब २३ अर्ब, पेट्रोलमा ५४ अर्ब, ग्यासमा ५२ अर्ब,रूपैयाँ खर्च भएको छ । भटमासको कच्चा तेल, एमएस विलेट, मोबाइल फोन, सुनमा ३५, एचआर सिट र भ्याक्सिन लगायतका वस्तु खरीदमा बाँकी खर्च भएको देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस