Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरको आईपीओ बाँडफाँड (LIVE)

अर्थ संसार

सोमबार, ०९ जेठ २०७९, १६ : १८ मा प्रकाशित

रिभर फल्स पावर कम्पनी लिमिटेडले वैशाख २८ गते, बुधबारदेखि जेठ ४ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड अहिले भइरहेकाे छ । उक्त आईपीओकाे बाँडफाँड प्रभु क्यापिटलकाे कार्यालय, कमलादी, काठमाडाैँमा भइरहेकाे हाे ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि , २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका र २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिन्छ । अन्तिम दिनसम्ममा१८ लाख ५० हजार २ सय ७७ जना लगानीकर्ताहरूले २ करोड १२ लाख ५९ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी २ लाख ५३ हजार ८ सय ९० जना लगानीकर्ताले १० कित्ता सेयर प्राप्त गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको