साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ को बिन्दुमा पुगेको छ । सोमबारको कारोबारमा कुनै समय नेप्से परिसूचक २१९१.०३ को बिन्दुमा समेत पुगेको थियो । सन् २०२१ जनवरी ७ पछिको यो नै नेप्सेको सर्वाधक न्यून बिन्दु हो ।
३२०० भन्दा माथि पुगेको नेप्से परिसूचक निरन्तर घट्दै अहिले करिब १००० भन्दा बढि अंकले घटिसकेको छ यो बिचमा नेप्से परिसूचक करिब ३० प्रतिशतले घटेको छ भने कतिपय कम्पनीहरुको सेयर मूल्यमा भने ५० प्रतिशत भन्दा बढिले गिरावट आइसकेको छ ।
‘अहिले हेर्दा नेप्से परिसूचक २२०० को बिन्दुमा छ तर नेप्से वास्तविक रुपमा २ बर्ष अगाडीको अवस्थालाई हेर्ने हो भने करिब १४ १५ सयको बिन्दुमा छ, दुई बर्षको बिचमा धेरै कम्पनीहरुको सेयर नेप्सेमा थपिएको छ त्यसले नेप्से परिसूचकलाई करिब करिब ७०० ८०० अंकले बढाएको छ अहिलेको परिसूचकबाट त्यो नयाँ कम्पनीहरुले बढाएको सूचक हटाइदिने हो भने त नेप्से वास्तविक रुपमा त तल नै छ यसको प्रमुख जिम्मेवार भनेकै नियामक निकायहरु नै हुन’ सक्रिय लगानीकर्ता किशोर श्रेष्ठले भने ।
यो बिन्दुमा सेयर किन्नेहरु पछुताउन नपर्ने तर्क गर्छन युवा लगानीकर्ता दिनेश लामिछाने । ‘लगानीकर्ताहरुले सेयरमा लगानी गर्दा हेर्ने भनेको रिस्क र रिवार्ड हो, अहिले सेयर किन्नेहरुका लागि रिस्क भन्दा रिवार्ड नै बढि देखिन्छ, हुनसक्छ यहाँबाट नेप्से अझै केहि झर्न सक्ला ठ्याक्कै लो मा त कसैले जानेर किन्न सक्दैन तर अहिले सेयर किन्नेहरुले केहि महिनामै राम्रो मुनाफा भने पक्कै कमाउने छन्’ उनले भने ‘यहाँबाट अझै घटे अधिकतम १० प्रतिशतसम्म घट्ला तर बढे करिब ३० प्रतिशत त बढ्छ त्यसैले अब बिस्तारै आफ्नो क्षमता अनुसार सेयर किन्दै जादाँ उपयुक्त हुने मेरो अनुमान हो’ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस