Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासनकाे प्रस्तावसहित जनरल इन्स्योरेन्सले डाक्याे एजीएम, बुकक्लाेज कहिले ?

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, ११ : ०३ मा प्रकाशित

हकप्रद निष्कासनकाे प्रस्तावसहित जनरल इन्स्योरेन्सले डाक्याे एजीएम, बुकक्लाेज कहिले ?

जनरल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे जेठ ६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैँथाे वार्षिक साधारण सभा जेठ ३१ गते, मंगलबार, अमृतभाेग, कालिकास्थान, डिल्लीबजार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको सञ्चालक समितीको बैठकले गरेकाे निर्णय अनुसार चुक्ता पूँजीकाे ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने  प्रस्ताव पारित गरिनेछ । हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब रहेकाे छ । हकप्रद निष्कासनपछि कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ३० कराेड पुग्नेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि जेठ १९ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, जेठ १८ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।  

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

628c6bff069c5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको