Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

नेप्से

मंगलबार, १० जेठ २०७९, १२ : ४७ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे ७.७० प्रतिशत बोनस बापतको ६ लाख ७८ हजार ३ सय ९७ दशमलव ४९५९ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।

त्यसैगरी, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २ लाख ३० हजार ४ सय ८२ दशमलव ९० कित्ता सेयर सूचिकृत भएकाे हाे । 

कम्पनीको चैत्र ३० गते सम्पन्न भएकाे ५५औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०।५ प्रतिशत नगद गरि कूल १०।०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको