Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थपियाे १९ लाख ५७ हजार कित्ता हकप्रद

नेप्से

मंगलबार, १० जेठ २०७९, १३ : ३६ मा प्रकाशित

नेप्सेमा थपियाे १९ लाख ५७ हजार कित्ता हकप्रद

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे हकप्रद सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार समृद्धि फाइनान्स कम्पनी लिमिटेडकाे ५० प्रतिशत हकप्रद बापतकाे १९ लाख ५७ हजार ३९ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ गते, आइतबारबाट फागुन २९ गते, आइतबारसम्म २:१ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे । जसमध्ये, ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयर बिक्री नभएर पछि लिलामीमा ल्याइएकाे थियाे ।

त्यसैमध्येकाे हकप्रद सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

628c8edc3efed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको