Like us!
Follow us!
Connect us!
Watch us!

ग्राउन्ड जिरो: ब्रोकर हाउसमा हल्ला, अपर तामाकोशीको १:२ को हकप्रद आउँदै

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, १५ : ४३ मा प्रकाशित

ग्राउन्ड जिरो: ब्रोकर हाउसमा हल्ला, अपर तामाकोशीको १:२ को हकप्रद आउँदै

पछिल्लो ३ कारोबार दिनदेखि निरन्तर रूपमा घटिरहेको सेयर बजार आज कारोबारको सुरुवाती आवरमा देखिएको सकारात्मक वृद्धि पश्चात हामी लगानीकर्ताको मनोभावना बुझ्न ब्रोकर हाउसमा गएका थियौं । 

काठमाण्डौको अनामनगरका ब्रोकर हाउसमा पुग्दा लगानीकर्तामा सकारात्मक मनोभावना देखिएको थियो। लगानीकर्ता अब सेयर बजारलाई बजेटले सकारात्मक रूपमा सम्बोधन गर्नसक्ने हुँदा बजार बढ्ने आसय व्यक्त गरेका थिए। 

लगानीकर्ताहरु अपर तामाकोशीको सेयरमा आज देखिएको वृद्धिको कारण यसले हकप्रद दिन लागेको होला भनी एकापसमा गाँईगुई गरिरहेका थिए। काठमाण्डौँको अर्को ब्रोकरमा पुग्दा लगानीकर्ता एकाआपसमा अपर तामाकोशीले १:२ को हकप्रद दिँदै गरेको बताए। 

आजको नेप्सेको तथ्याङ्कले पनि अपर तामाकोशीमा केही पाकिरहेको जस्तो देख्न सकिन्छ । अपर तामाकोशी आज सर्वाधिक नाफा कमाउने र सर्वाधिक कारोबार हुनेको दुवैतिर दोश्रो नम्बरमा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको