Like us!
Follow us!
Connect us!
Watch us!

र्मिमिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाइने

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, ०६ : ३७ मा प्रकाशित

र्मिमिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाइने

र्मिमिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीको नाममा रहेको केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाले सेयरधनीको नाममा रहेको ६५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई संस्थाको केन्द्रीय कार्यालय, बनेपा ८, काभ्रेपलान्चोकमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छः

628d7e05d54e2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको