Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको उर्जा ऋणपत्र बाँडफाँड

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, १३ : २७ मा प्रकाशित

एनएमबि बैंकको उर्जा ऋणपत्र बाँडफाँड

एनएमबि बैंक लिमिटेडले वैशाख २१ गते बुधबारदेखि जेठ ४ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे "एनएमबि उर्जा ऋणपत्र (Energy Bond II)" बाँडफाँड गरिएकाे छ । 

रितपूर्वक आवेदन दिने सबै आवेदकहरूलाई हिजाे मंगलबार २७ लाख २७ हजार ४ सय ३७ कित्ता ऋणपत्र बाँडफाँड गरिएकाे बैंकले एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ । 

बैंकले प्रतिकित्ता १ हजार रूपैयाँ अंकित दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको कुल ३५ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा बिक्री गरेकाे थियाे । जसमा ५ प्रतिशतका दरले ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियाे । बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्दथे ।

बैंकले १५ वर्षे अवधिको ऋणपत्र बिक्री खुला गरेको हो । यसमा वार्षिक ४% ब्याजदर दिइनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

628dde8297dee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको