Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीको लाभांश लिन सेयरधनीलाई नेप्सेको आग्रह

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, १७ : १६ मा प्रकाशित

यी १० कम्पनीको लाभांश लिन सेयरधनीलाई नेप्सेको आग्रह

नेपाल स्टक एक्सेञ्ज (नेप्से) ले विभिन्न १० वटा कम्पनीकाे पुरानाे लाभांश लिन सेयरधनीहरूलाई आग्रह गरेकाे छ ।

नेप्सेले आर्थिक वर्ष २०७२/०७३ सम्मको वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश केही सेयरधनीहरूद्वारा हालसम्म पनि बुझिलिन बाँकी रहेकोले कम्पनी ऐन २०६३, दफा १८२ बमोजिम नगद लाभांश बुझिलिन अनुराेध गरेकाे हाे ।

सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र  नेपाल स्टक एक्सचेन्ज लिमिटेड, यूएनआई शान्ति मार्ग काठमाडौँमा सम्पर्क राखी आफ्नो वक्यौता नगद लाभांश बुझिलिन सक्नेछन् । तत्पश्चात् उल्लेखित रकम कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको “लगानिकर्ता संरक्षण कोष” मा जम्मा हुने पनि नेप्सेले जनाएकाे छ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

628e16df6836c.jpg 628e16e6244d4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको