Like us!
Follow us!
Connect us!
Watch us!

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपिओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

विहीबार, १२ जेठ २०७९, ०७ : ३७ मा प्रकाशित

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपिओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २०७९ बैशाख ११ गते देखि निष्काशन तथा बिक्री खुल्ला गरेको आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बाँडफाँड जेठ ११ गते सम्पन्न भएको छ । 

कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये ७ लाख कित्ता सेयर कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ८ र ९ का स्थानीयलाई छुट्याइएको छ । बाँकी ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिको वडा नं ८ र ९ का बासिन्दालाई छुट्याएको छ । 

सेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको वेवसाइट: www.sanima.capital वा निष्काशन कम्पनीको वेवसाइट: www.bindhyabasinihydro.com.np बाट पनि हेर्न सकिने छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै बाँडफाँड नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी जेठ १६ गते सोमबारदेखि गरिने जनाएको छ । आवेदकले आफ्नो आवेदन फारम उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिने जनाएको छ ।

साथै उल्लेख गरिएको खातामा रकमान्तर नभएमा तथा आवेदन फाराममा बैंकको नाम तथा खाता नं उल्लेख नगरेका आवेदकहरुलाई  आफुले आवेदन बुझेको कार्यलयमा आफ्नो बैकको खाता उल्लेख गराउन आग्रह गरेको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्ः

628edf7c6fc57.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको