Like us!
Follow us!
Connect us!
Watch us!

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपिओमा पहिलो दिनमै मागभन्दा बढि आवेदन, कति पर्यो ?

अर्थ संसार

शनिबार, २१ जेठ २०७९, ०७ : ५३ मा प्रकाशित

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपिओमा पहिलो दिनमै मागभन्दा बढि आवेदन, कति पर्यो ?

बिन्ध्यबासिनी हाइड्रोपावर लिमिटेडलेले निष्काशन गरेको आईपिओमा पहिलो दिन नै माग भन्दा बढि आवेदन परेको छ । कम्पनीले हिजो शुक्रबार देखि सर्वसाधारणका लागि १५ लाख कित्ता कित्ता साधारण सेयर (आईपीओं) निष्काशन गरेको हो । 

कम्पनीको आईपिओ बिक्रि सानिमा क्यापिटलका अनुसार पहिलो दिन ५ः३० बजेसम्ममा नैै २ लाख ९९ हजार ५१६ जना आवेदकबाट ३६ करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको ३६ लाख ७४ हजार ५९० कित्ता आवेदन परेको छ । जुन माग भन्दा एक गुणा बढि हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

उक्त सेयरमा सर्वसाधारणले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असार ३ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको