Like us!
Follow us!
Connect us!
Watch us!

बिन्ध्यबासिनी हाइड्रोको आईपीओ बाँडफाँड आज, कतिले पाँउछन् सेयर ?

अर्थ संसार

शुक्रबार, ०३ असार २०७९, ०७ : ४६ मा प्रकाशित

बिन्ध्यबासिनी हाइड्रोको आईपीओ बाँडफाँड आज, कतिले पाँउछन् सेयर ?

बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज शुक्रबार हुँदैछ ।

उक्त आईपीओको बाँडफाँड आज (असार ३ गते, शुक्रबार) निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा दिउँसो ३ बजेपछि हुने तय गरिएको क्यापिटलले जनाएको छ । 

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

अन्तिम दिनसम्म १८ लाख ४८ हजार ७ सय १ जना लगानीकर्ताले २ अर्ब १९ करोड ७२ लाख ५२ हजार रूपैयाँ बराबरको २ करोड १९ लाख ७२ हजार ५ सय २० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको लागि भन्दा १६।०९७ गुणा धेरै आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिनेछ । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी एक लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् । बाँकी १७ लाख १२ हजार २ सय १ जनाको भने हात खाली हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको