Like us!
Follow us!
Connect us!
Watch us!

बिन्ध्यबासिनी हाइड्रोपावरको नाफा १३ करोड, ८० प्रतिशतले बढ्यो बिद्युत बिक्रि आम्दानी

अर्थ संसार

सोमबार, ३० साउन २०७९, १० : ५९ मा प्रकाशित

बिन्ध्यबासिनी हाइड्रोपावरको नाफा १३ करोड, ८० प्रतिशतले बढ्यो बिद्युत बिक्रि आम्दानी

बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बिद्युत बिक्रि आम्दानी बढेसंगै कम्पनीको नाफामा बृद्धि भएको छ । 

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी १३ करोड ६ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ६०.६५ प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ४० करोड २ लाख ५४ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ८०.४५ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २२ करोड १७ लाख ९७ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.६२ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ६२ पैसा पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको