Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लार्ज क्यापकाे सेयर लगानी बढ्याे, न्याभ कति ?

अर्थ संसार

विहीबार, १२ जेठ २०७९, १३ : ०६ मा प्रकाशित

सानिमा लार्ज क्यापकाे सेयर लगानी बढ्याे, न्याभ कति ?

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फन्डले २०७९ साल वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

वैशाख मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ९ रुपैयाँ ७४ पैसा पुगेको छ । उक्त मूल्य चैत्र मसान्तकाे तुलनामा ८ पैसाले घटेकाे हाे । चैत्र मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९ रुपैयाँ ८२ पैसा रहेकाे थियो ।

त्यसैगरी, वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ६२ करोड ४९ लाख ६३ हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी चैत्र मसान्तकाे तुलनामा धेरै हाे । चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा  ६१ करोड २९ लाख ८१ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सानिमा लार्ज क्याप फन्डले विभिन्न प्रकारका ७० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

फण्डले सार्वजनिक गरेकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

628f2b043da90.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको