Like us!
Follow us!
Connect us!
Watch us!

उपकार लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

विहीबार, १२ जेठ २०७९, १४ : २५ मा प्रकाशित

उपकार लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) काे आज (जेठ १२ गते, बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएकाे छ । 

स्टकका अनुसार संस्थाकाे ६ लाख ५६ हजार २ सय ५० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा काराेबार हुनसक्ने गरी सूचिकृत भएकाे हाे । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ४ सय ३ रूपैयाँ ९१ पैसादेखि अधिकतम एक हजार २ सय ११ रुपैयाँ ७३ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।

संस्थाले दाेश्राे बजारमा काराेबारका लागि ULBSL सिम्बाेल प्राप्त गरेकाे छ ।

संस्थाले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियाे भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  बाँकी २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले संस्थाकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियो । गोलाप्रथामार्फत बाँडफाँड गर्दा कुल २२ हजार ११५ जनाले सेयर हात पारेका थिए । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् । कुल २३ लाख ५१ हजार ४६२ जनाले आवेदन दिएकामा २ हजार ४०६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको