Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा उपकार लघुवित्तको २० कित्ता सेयर कारोबार, पहिलो कारोबार नै अधिकतम मूल्यमा

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, १० : ५४ मा प्रकाशित

प्रि ओपन सेसनमा उपकार लघुवित्तको २० कित्ता सेयर कारोबार, पहिलो कारोबार नै अधिकतम मूल्यमा

नेपाल स्टक एक्सचेन्जमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार १ हजार २ सय ११ रुपैयाँमा भएको छ । कम्पनीको आईपीओ जेठ १२ गते, बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको थियो । 

स्पेशल प्रि ओपन सेसनमा उपकार लघुवित्तको २० कित्ता सेयर कारोबार भएको छ ।

स्टकका अनुसार संस्थाको ६ लाख ५६ हजार २ सय ५० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा कारोबार हुनसक्ने गरी सूचिकृत भएको हो । नेप्सेले संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ४ सय ३ रूपैयाँ ९१ पैसादेखि अधिकतम एक हजार २ सय ११ रुपैयाँ ७३ पैसासम्म ओपनिङ रेञ्ज  निर्धारण गरेको छ । यो रेन्जको बिचमा नै पहिलो कारोबार हुनेछ ।

संस्थाले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  बाँकी २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । गोलाप्रथामार्फत बाँडफाँड गर्दा कुल २२ हजार ११५ जनाले सेयर हात पारेका थिए । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् । कुल २३ लाख ५१ हजार ४६२ जनाले आवेदन दिएकामा २ हजार ४०६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको