Like us!
Follow us!
Connect us!
Watch us!

आज सम्म कायम सेयरधनीले मात्र ULBSL को बम्पर लाभांश पाउने

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, ०६ : १२ मा प्रकाशित

आज सम्म कायम सेयरधनीले मात्र ULBSL को बम्पर लाभांश पाउने

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन ४ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज फागुन ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

संस्थाको माघ २२ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको चौँथो वार्षिक साधारण सभा फागुन १८ गते,  बिहीबार बैजनाथ १, गाभर भ्याली (सामुदायिक होमस्टे), बाँकेमा सञ्चालन हुनेछ ।

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा संस्थापक सेयरधनीको तर्फबाट २ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी कुल ४ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको