Like us!
Follow us!
Connect us!
Watch us!

उपकार लघुवित्तको ९२ प्रतिशत सेयर एउटै ब्रोकरले किन्यो, संयोग कि चलखेल ?

अर्थ संसार

सोमबार, २३ जेठ २०७९, १६ : ३६ मा प्रकाशित

उपकार लघुवित्तको ९२ प्रतिशत सेयर एउटै ब्रोकरले किन्यो, संयोग कि चलखेल ?

सोमबार धितोपत्रको दास्रोबजारमा भएको उपकार लघुवित्तको कुल कारोबारको ९२ प्रतिशत सेयर एउटै ब्रोकरले किनेको पाइएको छ । सोमबारको कारोबारमा १३० कित्ता सेयरको कारोबार भएकोमा १२० कित्ता सेयर ५७ नम्बरको ब्रोकरले मात्र किनेको छ । 

यो कम्पनीको सेयरको दोस्रो बजारमा उच्च माग आउने गरेको छ । हालसालै आईपिओ जारी गरि दोस्रो बजारमा सुचिकृत भएको यो कम्पनीको सेयर अधिकांश लगानीकर्ताको राजाईमा पर्दछ तर अझै मूल्य बढ्ने देखेर दोस्रो बजारमा यसको सप्लाई आएकै छैन । 

यसरी एक दिनको कारोबारमा ९२ प्रतिशत सेयर एउटै ब्रोकरले किन्नुलाई संयोग मात्र मान्न नसकिने उनको तर्क छ । ‘हुनसक्छ केहि चलखेल नभएको होला तर यसरी अधिकांश लगानीकर्ताले बाइ अर्डर राख्ने कम्पनीको सेयर एउटै ब्रोकरले मात्र कसरी पायो ? यसमा केहि संका गर्ने ठाउ पक्कै छ यो कुरालाई सम्बन्धीत निकायले छानबिन गरोस् हाम्रो चाँहान त्यहि हो बजारमा कृतिम चलखेल गर्ने कसैले पनि उन्मुक्ति पाउनुहुन्न भन्ने माग हो हाम्रो एक लगानीकर्ताले भने ।’ 

629de24d2ec8f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको