Like us!
Follow us!
Connect us!
Watch us!

बम्पर लाभांश पारित गर्न उपकार लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

सोमबार, २३ माघ २०७९, ११ : २३ मा प्रकाशित

बम्पर लाभांश पारित गर्न उपकार लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे माघ २२ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा फागुन १८ गते,  बिहीबार बैजनाथ १, गाभर भ्याली (सामुदायिक हाेमस्टे), बाँकेमा सञ्चालन हुनेछ ।

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा संस्थापक सेयरधनीकाे तर्फबाट २ जना र सर्वसाधारण सेयरधनीकाे तर्फबाट २ जना गरी कुल ४ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन ४ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले फागुन ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहाेस् :

63e093f1cf34c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको