Like us!
Follow us!
Connect us!
Watch us!

फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण जेठ २० मा हुँदै

अर्थ संसार

विहीबार, १२ जेठ २०७९, १५ : ४८ मा प्रकाशित

फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण जेठ २० मा हुँदै

मुुलुकको अर्थतन्त्र तिव्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ । ब्राण्डवर्थको आयोजनामा यही जेठ २० गते शुक्रबारका दिन हुन लागेको हो । कोभिड १९ पछि  नेपालीहरु  डिजीटल प्रविधीका अनेकौ आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेशन तर्फ फड्को मारिरहेकोे कुरालाई मध्यनजर गर्दै कन्क्लेभको आयोजजना गरिएको हो । कन्क्लेभमा डिजिटाइजेशनका पछिल्ला संभावना, अवसर तथा चुनौतीहरुका बारेमा सबै सरोकारवालाहरूसँग बृहत छलफल हुनेछ । 

कोभिड १९ महामारीले विश्वलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब मन्दीको अवस्थामा पुर्याएको । सन् २०२१ मा विश्वव्यापी अर्थतन्त्र सन् २००८–२००९ को आर्थिक संकटको भन्दा दुई गुणा बढि संकुचित भएको छ । तर विश्वको डिजिटल अर्थतन्त्र कोभिड संकटको बीचमा उच्च प्रतिशतमा फस्टाएको छ । कोभिड संकटकै बिचमा खर्बौँ डलरको कारोबारले डिजिटल अर्थतन्त्रको प्रतिनिधित्व गर्दछ । डिजिटल अर्थतन्त्रले इन्टरनेट, फिक्स्ड र मोबाईल ब्रोडब्याण्ड इन्फ्रास्ट्रक्चर, क्लाउड कम्प्युटिङ्ग, डिजिटल प्लेटफर्म र अन्य धेरै मार्फत आफ्नो व्यवसाय गर्ने उत्पादक र उपभोक्तालाई जनाउँछ । कुनैपनि राष्ट्रको यो उद्योगमा प्रविधि,टेलिकम, मिडिया क्षेत्रका साथै नयाँ सेवाहरु र इकमर्स र डिजिटल बैंकिङ्ग जस्ता गतिविधिहरु समावेश हुन्छन् । कृषि,यातायात,स्वास्थ्य, पर्यटन, शिक्षा जस्ता धेरै परम्परागत व्यवसायहरुमा यी डिजिटल प्लेटफर्महरु र व्यापार मोडलहरुको एकीकरणको साथ उद्योगहरुले हालैका वर्षहरुमा सबै कुराको डिजिटलाइजेशनमा वृद्धि भएको देखिन्छ ।

कोभिड १९ पछि नेपालीहरू पनि डिजीटल प्रविधीका अनेकौ आयाम जस्तै इकमर्श, डिजिटल पेमेन्ट, अनलाइन शिक्षा आदिमा अभ्यस्त हुँदै गइरहेका छन् भने डिजीटाइजेशन नेपाली अर्थतन्त्रको अभिन्न अंगको रुपमा स्थापित हुँदै जान थालेको छ । अहिले धेरैलाई अनलाइन कारोबारतर्फ डोर्याइरहेको छ । परम्परागत व्यवसाय गर्ने वा अफलाइन व्यवसाय गर्ने धेरैले आफ्नो व्यवसायलाई अनलाइनमा रुपान्तरण गर्दै लगिरहेका छन् । कोरोना महामारीका कारण नेपालीलाई विद्युतीय भुक्तानी प्रणालीबारे जानकारीका साथै यसको प्रयोगको अनुभवसमेत गराएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्‍न बाध्य बनाएको छ ।

घरमै बसी बैंकमा खाता खोल्ने तथा सेयर कारोबार गर्ने, मोबाइलबाटै रकम स्थानान्तरण (ट्रान्सफर) गर्ने,  मोबाइल बालेटमार्फत भुक्तानी गर्नेलगायत नयाँ सेवाहरुमा नेपालीहरु अभ्यस्त भइसकेका छन् । जसले गर्दा नेपाली अर्थतन्त्र नै डिजिटाइजेशनमा रुपान्तरण हुँदै गएको छ । नयाँ प्रविधि तथा इन्टरनेटका माध्यमबाट हाल भइरहेको वस्तु र सेवाको व्यापारिक मोडलमा आएको यो परिवर्तन डिजिटल डिसरप्सन भइरहेको छ । 

यस वर्षको कन्क्लेभको मुख्य उद्धेश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुदै गएको आर्थिक गतिविधी र जनजिवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक बृद्धि र सामाजिक न्याय प्राप्तीका लागी प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ । कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिदो समय, बदलिदो अर्थतन्त्र’, ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपाल : सानो बजार कि असिमित सम्भावना ?’ तथा ‘ हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा विभिन्न चार वटा सत्रहरूमा बृहत् अन्तरक्रिया र बहस हुनेछ । यी सत्रहरुमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू,  नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरूको ब्यापक सहभागिता रहनेछ ।

कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोष तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीद्धारा कि–नोट स्पीच प्रस्तुत हुनेछ । साथै नेपालको डिजीटल विकासका बारेमा   अर्थमन्त्री जनार्दन शर्मा र सन्चार तथा सुचना प्रविधी मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंगको बेग्लै सत्र समेत हुनेछ ।

यस कन्क्लेभ देशका प्रमुख टेलिभिजन च्यानलका साथै अनलाईन मिडिया र अन्य डिजिटल प्ल्याटफर्ममार्फत् प्रत्यक्ष प्रसारण हुनेछ । फोनपे मुख्य प्रायोजक रहेको यस कन्क्लेभको कर्पोरेट प्रायोजकका रुपमा भिसा रहेको छ ।  डिजीटल इकोनोमीका बारेमा आयोजन गरिएको कन्क्लेभको दोस्रो सस्करणले आम नेपालीका लागी विशिष्ठ महत्व राख्ने विश्वास गरिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको