Like us!
Follow us!
Connect us!
Watch us!

बससेवा मार्फत टिकट काट्दा ज्ञवाली, खड्का र जोशीले पाए सुनको असर्फी

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, १६ : ४३ मा प्रकाशित

बससेवा मार्फत टिकट काट्दा ज्ञवाली, खड्का र जोशीले पाए सुनको असर्फी

अनलाइनमार्फत बस टिकट काट्ने सुविधा दिँदै आएको बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन् ।

अनलाइन मार्फत टिकट बुकिङ्ग गर्ने तनहुँका नविन जोशी,बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्काले सुनको असर्फी जित्न सफल भएका हुन् । यसैगरि २० जना यात्रुले क्यूएफएक्स् मुभी टिकट जित्न सफल भएका छन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्सको नारायणी नदिमा मोटरबोट टिकट प्राप्त गरेका छन् । उपहार विजेताहरु बुधवार गोलाप्रथा मार्फत चयन गरिएको थियो । गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको फेसबुक पेजमार्फत गरिएको थियो ।   

बससेवाले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित् गर्दै विशेष अफर सार्वजनिक गरेको थियो । अफरमा बैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवा मार्फत टिकट काट्ने यात्रु सहभागी रहेका थिए । बससेवाले आगामी दिनमा पनि यात्रु लक्षित् विभिन्न अफर सार्वजनिक गर्दै लैजाने जनाएको छ । 

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ । यात्रुहरूले बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन तथा इसेवा, फोनपे, खल्ती, प्रभुपे लगायत नजिकै रहेका साइबर, कम्युनिकेशन तथा मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकट काट्न सकिनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको