Like us!
Follow us!
Connect us!
Watch us!

कलंकीमा बससेवाकाे अत्याधुनिक प्यासेन्जर लाउञ्ज, इन्टरनेट देखि चिया कफि सम्मका सुविधा

अर्थ संसार

शुक्रबार, २५ कार्तिक २०७९, १५ : ५८ मा प्रकाशित

कलंकीमा बससेवाकाे अत्याधुनिक प्यासेन्जर लाउञ्ज, इन्टरनेट देखि चिया कफि सम्मका सुविधा

नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बस सेवा डटकमले कलंकी स्थित् ढुंङ्गे अड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउञ्ज  (यात्रु प्रतिक्षालय) सञ्चालनमा ल्याएको छ ।

हवाइ यात्रुलाई प्यासेञ्जर लाउञ्जको सुविधा भएपनि सार्बजनिक यातायातमा यात्रागर्ने यात्रुलाई लक्षित गरि नेपालमै पहिलो पटक यस किसिमिको लाउञ्ज निर्माण गरिएको हो ।

यात्रुहरुलाई आफु जाने बस कुर्न कुनै किसिमको झञ्झट नहोस् भन्ने उदेश्यले बस सेवाले लाउञ्ज सञ्चालनमा ल्याएको हो । लाउञ्जको शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरे ।

लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, निशुल्क खानेपानी र चिया तथा कफि खाने व्यवस्था मिलाइएकोे छ । लाउञ्जको बससेवाबाट टिकट काटेका यात्रु मात्रै नभएर अन्य सबै यात्रु ले समेत प्रयोग गर्न सक्नेछन् ।लाउञ्ज सञ्चालनमा आएसँगै यात्रुहरु सडक किनारामा आफ्ना झोला राखेर धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

लाउञ्जको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले नेपालमै पहिलो पटक निर्माण गरिएको यस किसिमको लाउञ्जले यात्रुहरुलाई धेरै सहज हुने बताए ।     

बस सेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।बस सेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट काट्न सक्नेछन् । यात्रुहरुले बससेवाको मोबाईल मार्फत टिकट काटी इसेवा, खल्ती,आइएमई पे लगायतका वालेटका साथै हरेक बैंकका मोबाईल र्बैकिङ्ग मार्फत समेत टिकट काट्न सकिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको