Like us!
Follow us!
Connect us!
Watch us!

इनर्जी ड्रिंक्सदेखि फलफूलसमेत महँगिने, मसला र ड्राइफुडमा भारी कर बढ्यो

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, ०७ : १६ मा प्रकाशित

इनर्जी ड्रिंक्सदेखि फलफूलसमेत महँगिने, मसला र ड्राइफुडमा भारी कर बढ्यो

अब आयात हुने ड्राइफुड इनर्जी ड्रिंक्सदेखि आयात हुने फलफूल पनि महँगिने भएको छ । सरकारले बजेट मार्फत विभिन्न मसलाजन्य खाद्यवस्तु, ड्राइफुड तथा जंकफुडसहित इनर्जी ड्रिंक्स लगायतका खाद्यवस्तुमा अन्तःशुल्क र भन्सार दर बढाएको छ । 

सरकारले आर्थिक विधेयक २०७९ मार्फत बदाम, काजु र पिस्ता अन्तःशुल्कदर १५ प्रतिशत पुर्याएको छ । सुपारी (आरिक नट)मा अन्तशुल्ल्क प्रतिकिलो २५ बाट १०० रुपैयाँ पुगेको छ । नरिवलमा अन्तःशुल्कदर ५ बाट १५ प्रतिशत पुगेको छ ।

मरिच र दालचिनी पनि अन्तःशुल्क दर १५ प्रतिशत कामय भएको छ । ससेज र मासुमा आधारित खाद्य पदार्थमा अन्तःशुल्क १० बाट १५ भएको छ । चुइगममा १० बाट १५, गुलियो कोको धुलो ५ बाट १५, फ्रेन्च फ्राइमा  १० बाट १५, केराउमा अन्तःशुल्क १० बाट १५ प्रतिशत पुगेको छ ।

सिमी, कुरिलो, जैतुन, गुलियो मकै, बाँसको तामा र अमिलो फलफूलको आयातमा लाग्ने अन्तःशुल्क पनि १० बाट १५कायम भएको छ । त्यस्तै इनर्जी ड्रिंक्समा प्रतिलिटर १०० रुपैयाँ भन्सार शुल्क पुर्याइएको छ भने अन्तःशुल्क लिटरमा रहेको ३६ बाट ५० रुपैयाँ बनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको