Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ्गको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा, नआए के गर्ने ?

अर्थ संसार

मंगलबार, १७ जेठ २०७९, ०६ : १८ मा प्रकाशित

साल्ट ट्रेडिङ्गको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा, नआए के गर्ने ?

साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ ।

कम्पनीको २०७८ चैत्र ३० गते सम्पन्न भएको ५५ औँ वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भईसकेको व्यहोरा जानकारी गराईन्छ । साथै २०७८ चैत्र १४ १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका बैंकका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको र सो मिति पश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुनेछ । हुँदा हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई आफनो बोनस शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

२०७८ चैत्र १४ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई शेयरधनीको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न शेयरधनीहरुलाई तथा सो मिति पश्चात् रोक्का राखिएका शेयरधनीहरुको बोनस शेयर शेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफू कहाँ ती शेयरधनीहरुको शेयर रोक्कामा रहे नरहेको यकिन गरी रोक्कामा राख्नु पर्ने भए बोनस शेयर समेत रोक्कामा राख्ने तर्फ आवश्यक पहलकदमी गर्न समेत बैंकले सूचना मार्फत अनुरोध गरेको छ ।

कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

62956292056c0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको