Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको २२ प्रतिशत सेयर जस्तै हुने त हैन बिद्युत प्राधिकरणको आईपिओ ?

अर्थ संसार

मंगलबार, १७ जेठ २०७९, १० : ५० मा प्रकाशित

नेपाल टेलिकमको २२ प्रतिशत सेयर जस्तै हुने त हैन बिद्युत प्राधिकरणको आईपिओ ?

सरकारले आईतबार आगामी आर्थिक बर्षको बजेट घोषणा गर्दै नेपाल बिद्युत प्राधिकरणको आईपिओ प्रिमियम मूल्यमा निष्काशन गर्ने घोषणा गरेको छ । ऐनमा भएको व्यवस्था अनुरुप सर्वसाधारणमा शेयर बिक्रि गरी पव्लिक कम्पनीमा जाने तयारी प्राधिकरणले यस अघि नै गरेको थियो । यसका लागि प्राधिकरणले क्रेडिट रेटिङ्ग समेत गराइसकेको छ । 

नेपाल सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत प्राधिकरणलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्राले गरेको अडिटमा ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । जसको अर्थ समयमै आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता रहेको भन्ने बुझिन्छ । यस्तो रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून जोखिम हुन्छ ।

सरकारको यो निर्णयलाई आम लगानीकर्ताहरुले स्वागत गरिरहेका छन् । बैंक तथा वित्तिय क्षेत्र र जलबिद्युत कम्पनीहरुको मात्र बाहुल्यता रहेको नेपालको पूँजीबजारमा नेपाल बिद्युत प्राधिकरण जस्ता संस्थानहरु भित्रिनुलाई अत्यन्तै सकारात्मक रुपमा लिन सकिने लगानीकर्ताहरुको तर्क छ । 

नेपालमा कतिपय बिषयहरु बजेटमा र योजनामा पर्ने तर कार्यन्यन नहुने कुरा अहिले पनि बिद्युत प्राधिकरणको आईपिओ निष्काशनको कुरामा आम लगानीकर्ताहरुलाई ससंकित बनाइरहेको छ । अघिल्लो सरकारले चालु आर्थिक बर्षको बजेटमा पनि नेपाल टेलिकमको सेवा उपयोग गर्नेहरुलाई २२ प्रतिशत सेयर वितरण गर्ने घोषणा गरेको थियो तर उक्त घोषणाको अहिलेसम्म पनि कार्यन्वयनको कुनै पनि सुरसार छैन भने अहिलेको बजेटले समेत उक्त कुरालाई समेटेको छैन । 

विद्युत प्राधिकरणले प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने घोषणाको कार्यन्यमा संका व्यक्त गर्दै सेयर बिश्लेषक ज्योति दाहाल आफ्नो फेसबुकमा लेख्छन् पोहोरको बजेटमा नेपाल दूरसञ्चार कम्पनीको २२ प्रतिशत शेयर सरकारले विनिवेश गर्ने भनेको पनि ठ्याक्क एक वर्ष पुग्यो । यसपाला नेपाल विद्युत प्राधिकरणको शेयर पनि प्रिमियममा विनिवेश गर्ने कुरो आएछ । अर्को वर्ष कुन संस्थानको शेयर विनिवेश गर्ने कुरा हाल्ने होलान् ? शेयर बेच्नु नै उन्नति ठान्ने शासकलाई उद्यमशिलता भन्ने कुरो कहिले दिमागमा आउने होला ?

अघिल्लो बजेटमा अर्थमन्त्री विष्णु पौडेलले २०७८ पुस मसान्त सम्म कायम ग्राहकहरु पनि सेयर खरिद प्रक्रियामा सहभागि हुन सक्ने घोषणा गरेका गरेका थिए । कम्पनीको त्यो बेला कायम चुत्ता पुँजीको २२ प्रतिशत सेयर कम्पनीको सिम, ल्यान्डलाईन फोन वा इन्टरनेटका प्राकृतिक ग्राहकहरुलाई मात्र बिक्रि गरिने घोषणा गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको