Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सको नाफा २० प्रतिशतले घट्यो, ईपिएस कति ?

अर्थ संसार

शुक्रबार, १४ माघ २०७८, ०७ : ५८ मा प्रकाशित

सेन्ट्रल फाइनान्सको नाफा २० प्रतिशतले घट्यो, ईपिएस कति ?

सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सले ३ करोड ५० लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २०.३४ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा बैंकले ४ करोड ३९ लाख ४२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म फाइनान्सको खुद व्याज आम्दानी भने २३ प्रतिशतले बढेर ११ करोड १४ लाख ३२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सको खुद व्याज आम्दानी ९ करोड ५ लाख ८ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सको सञ्चालन मुनाफा पनि ४५ प्रतिशतले घटेर ४ करोड ९६ लाख २६ हजार रूपैयाँ पुगेको छ । गत वर्ष फाइनान्सले ९ करोड १५ लाख ८९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, फाइनान्सको चुक्ता पुँजी ८८ करोड १० लाख ३५ हजार रुपैयाँ र जगेडा कोषमा २३ करोड ५ लाख ९६ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी  (ईपीएस) ७ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ७५ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

61f35186ccdec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको