Like us!
Follow us!
Connect us!
Watch us!

‘नियामकले मर्जरमा कारोबार रोक्न पर्दैन भने हामीबाट कुनै समस्या छैन’- नेप्से

अर्थ संसार

बुधबार, १८ जेठ २०७९, १५ : ३८ मा प्रकाशित

‘नियामकले मर्जरमा कारोबार रोक्न पर्दैन भने हामीबाट कुनै समस्या छैन’- नेप्से

मर्जरमा जाने कम्पनीहरुको दोस्रो बजार कारोबार राक्नु पर्दैन भनेर सम्बन्धीत क्षेत्रका नियामकहरुले हामिले औपचारिक जानकारी गराए कारोबार रोक्का भएका कम्पनीहरुको कारोबार खोल्न कुनै समस्या नभएको बताउछन् नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रवक्ता मुराहरी पराजुली । 

केहि दिन अघि सेवोनका अध्यक्षसंग कम्पनीहरुको कारोबार रोक्काकाे विषयमा छलफल भएको भएतापनि अहिलेसम्म कुनै ठोस निर्देशन नआएको बताउछन् उनी । मर्जरमा गएका बैंक तथा वित्तिय संस्थाहरु बाहेकका कम्पनीकाे. कारोबार रोक्का राख्नुपर्छ भनेर कुनै ऐन कानुनले भनेको छैन तर पनि कारोबार त रोक्का छ अनि कारोबार खोल्न चाँहि किन कार्यविधी वा निर्देशन चाँहियो त भन्ने हाम्रो प्रश्नमा पराजुलीले भने "कम्पनीहरुले कारोबार रोक्काका लागि पठाउने डकुमेन्टमा सपोर्टिङ डकुमेन्टका रुपमा सम्बन्धीत नियामक निकायहरुको कारोबार रोक्का गर्दिनु भन्ने आदेश समेत हुन्छ जसका आधारमा हामिले उक्त कम्पनीहरुको कारोबार रोक्छौ यदि नियामकहरुले अब कम्पनीको कारोबार रोक्न पर्दैन भन्ने आदेश हामीलाई दिए हामी कारोबार रोक्का नै गर्दैनौ ।" 

अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष  रमेश कुमार हमालले विभिन्न निकायहरूको आआफ्नै नीति भएपनि रोक्का सम्बन्धी सेबोनको छुट्टै नीति नभएको बताएका थिए । 

उनले यसै विषयमा केन्द्रित भएर नेप्से र सिडिएससीसँग पनि मिटिङ गरिएको भन्दै राष्ट्र बैंकको भूमिका आफूहरूले निर्वाह गर्न नसकेपनि राष्ट्र बैंकसँग सहकार्य गरेर सहजिकरण गर्ने र रोक्का हुने अवस्था सृजना हुन नदिने बताएका थिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको