Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रा नियामक राजा महाराजा भन्दा चर्का भए : उत्तम अर्याल

अर्थ संसार

बुधबार, १८ जेठ २०७९, १७ : १४ मा प्रकाशित

हाम्रा नियामक राजा महाराजा भन्दा चर्का भए : उत्तम अर्याल

मर्जर तथा एक्विजिसनपछि लामो समय सेयर कारोबार रोकिने निकै नै अव्यवहारिक नियम विरुद्ध अर्थसंसारले निरन्तर लेख्दै आएको छ। केही समयअघि धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालसँग गरिएको अर्थसंसार टकमा हमालले यो नियम एकदम अव्यवहारिक रहेको र छिट्टै नै यो नियम हटाइने प्रतिवद्धता व्यक्त गरेका छन्। 

तपाईंहरुको नियमावली र निर्देशिकामा कहिँकतै बिमा कम्पनीहरु एकआपसमा गाभिंदा कारोबार रोक्का गरिनुपर्छ भनेर लेखिएको छैन तर मर्जरमा गएका बिमा कम्पनीहरुको सेयर कारोबार रोक्ने गरिएको छ, यस्तो अभ्यास किन गरियो भनि प्रश्न गर्दा बिमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले अहिलेसम्म धितोपत्र बोर्ड वा लगानीकर्ता कतैबाट पनि मर्जरले सेयर कारोबार रोकिएर समस्या भयो भनेर गुनासो गर्न नआएको र यदि त्यस्तो कुरा आए छलफल गरेर समाधान निकाल्न बिमा समिति तयार रहेको बताए। 

बिमा समितिका अध्यक्षको यो अभिव्यक्तिको बारेमा के भन्छन् सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल ? उनकाे भनाइ जस्ताकाे त्यस्तै :

उहाँलाई धेरै धेरै धन्यवाद ! नेपाल सरकारको विशिष्ट श्रेणीको अधिकृतबाट अवकास पाउनुभएको व्यक्तिले बिमा समितिमा बिराजमान हुँदा नेपालको सेयर बजार कसरी चल्छ, लगानीकर्ताहरुले कसरी लगानी गर्छन, बिमा कम्पनीहरुको कारोबार कसरी हुन्छ भन्ने कुरा थाहा नपाउनुभएकोमा धेरै धन्यवाद !

यस्ता कुराहरु कसैले हामीलाई मर्का पर्यो हजुर भनेर बक्साउनुपर्ने यो कुनै राजा महाराजाको पालाको पुरातनवादी सोच हो कि लोकतान्त्रिक प्रणाली हो भन्ने कुरा मैले बुझ्न सकिँन। लोकतान्त्रिक प्रणालीमा कुनै नियामकले नियम बनाउँदा यसले कुन पक्षलाई के असर पर्छ भन्ने कुराको विश्लेषण गरेर नियम बनाउनु पर्ने होइन र ? यो विषयलाई लिएर १५ दिन अघि हामी धितोपत्र बोर्ड गएका थियौं। केहि दिनअघि राष्ट्र बैंकमा पनि पुगेका थियौं। यस्ता कुराहरु लिएर हामी लगानीकर्ताहरु बिमा समिति जानुपर्ने, राष्ट्र बैंक जानुपर्ने अवस्था आउनु नै दुर्भाग्यपूर्ण कुरा हो। धितोपत्र बोर्डको जिम्मेवारीभित्र पर्ने कुरा हो यो। धितोपत्र बोर्डले जिम्मेवारी लिएर तत्काल यो काम गरिहाल्नु पर्दछ।  

यो विषयमा सेयरहोल्डरहरुलाई भिक्टिम बनाउनु भएन। मर्जमा जान्छौं भनेर सम्झौता गरेका कम्पनीहरुले यदि फट्याई गरे, सम्झौता बिचैमा तोडे भने ति कम्पनीहरुका संचालक समितिलाई कारबाही गर्ने हो कि सीईओलाई कारबाही गर्ने हो कि त्यो पो गर्ने हो त। सेयर कारोबार रोकेर लगानीकर्ताहरुको सम्पति बन्धक बनाउनुको कुनै औचित्य म देख्दिँन।

यदि बिमा समितिका अध्यक्षलाई चाकरी नै चाहिएको हो भने अरु संगठनका साथीहरुसंग सल्लाह गरेर केही दिनभित्रै बिमा समिति जानेछौं। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको