Like us!
Follow us!
Connect us!
Watch us!

डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा : मन्त्री कार्की

अर्थ संसार

शुक्रबार, २० जेठ २०७९, १३ : ०९ मा प्रकाशित

डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा : मन्त्री कार्की

नेपाल सरकारका प्रवक्ता तथा सुचना सञ्चार तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा रहेकाे बताएका छन् । साथै, सरकारले यसलाई बढावा दिँदै आएको पनि उनको भनाइ छ । 

शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने मन्त्री कार्कीको भनाइ थियो । यसका साथै यस कार्यक्रमले डिजीटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उनले बताए । उनले यस कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रुपान्तरण गर्नुपर्ने बताए । साथै, यस्ता कार्यक्रमबाट समाज प्रत्यक्ष रुपमा लाभान्वित पनि उनले बताए । 

यस्तै, सूचना प्रविधिको विकास विना मुलुकको विकास समेत असम्भव भएको बताउँदै उनले सूचना प्रविधिमा समाजका सबै तप्कालाईसँगै लिएर जानुपर्ने बताए । यस्तै, दुर दराजका क्षेत्रमा समेत सुचना प्रविधि पहुँच पुर्याउन सरकारले सहयोग गर्ने उनले बताए । 

यस्तै, सचुना प्रवधीको पहुँच सबै नागरिकमा पुर्याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको मन्त्री कार्कीको भनाइ थियो । साथै, यसलाई अझ सस्तो, गुणस्तीय बनाउन पनि सरकार सकरात्मक रहेको उनले बताए । समग्रमा उनले सूचना प्रविधिको प्रयोग बढाउने विषयलाई सरकारको उच्च प्राथमिकता राखिएको पनि बताए । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको