Like us!
Follow us!
Connect us!
Watch us!

‘सर्वजीत’ फिल्म बनाउन मन्त्री आलेले गरे पाँच महिनाको तलब दिने घोषणा

अर्थ संसार

आइतबार, २२ जेठ २०७९, ०६ : ५६ मा प्रकाशित

‘सर्वजीत’ फिल्म बनाउन मन्त्री आलेले गरे पाँच महिनाको तलब दिने घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘सर्वजीत’ फिल्म निर्माण गर्न आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा यस फिल्मको शुभमुहूर्त कार्यक्रममा उनले फिल्म निर्माणका लागि पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाले यस फिल्मको शुभमुहूर्त गरेका हुन्। फिल्मको निर्देशन दिनेश डिसीले गर्दैछन्। ‘सर्वजीत’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ। 

आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो।

उक्त चलचित्र निर्माणका लागि एक करोड २५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको