Like us!
Follow us!
Connect us!
Watch us!

शौचालयलाई सार्वजनिक बनाउन इच्छुकले ७ दिनभित्र काठमाडौं महानगरमा सम्पर्क गर्नुपर्ने

अर्थ संसार

आइतबार, २२ जेठ २०७९, १४ : १६ मा प्रकाशित

शौचालयलाई सार्वजनिक बनाउन इच्छुकले ७ दिनभित्र काठमाडौं महानगरमा सम्पर्क गर्नुपर्ने

काठमाडौं महानगरपालिकाले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

महानगरपालिकाले एक सूचना प्रकाशन गर्दै इच्छुक होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्था लगायतलाई  सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशाशन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न आग्रह गरेको हाे ।

महानगरपालिकाले जेठ १६ को नगरकार्यपालिका बैठकबाट शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका लागि महानगर क्षेत्रभित्र रहेका होटल लगायतको शौचालय प्रयोग गर्न सकिने निर्णय गरेको थियो । 

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको