Like us!
Follow us!
Connect us!
Watch us!

ग्राउन्ड जिरो : अर्थमन्त्री बजारमैत्री, गभर्नरको बहिर्गमन बिना बजार त...

अर्थ संसार

सोमबार, २३ जेठ २०७९, १३ : २१ मा प्रकाशित

ग्राउन्ड जिरो : अर्थमन्त्री बजारमैत्री, गभर्नरको बहिर्गमन बिना बजार त...

पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । लगानीकर्ता बजार घट्यो भन्दा पनि सुनियोजित रुपमा बजार घटाइएको दाबी गर्छन्। पछिल्लो समय नियामक निकायमा देखिएको असहमतिको प्रत्यक्ष असर सेयर बजारमा परेको छ । 

नियामक निकायले गर्नुपर्ने कार्य नगरेको भन्दै लगानीकर्ताले आन्दोलन घोषणा गरेका छन् । कार्यक्रम तालिका अनुसार आज लगानीकर्ता धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाउन पुगेका थिए । 

आज करिब ११ बजे धितोपत्र बाेर्डमा लगानीकर्ताको राम्रो उपस्थिति रहेको थियो । लगानीकर्ताबीच बजार घटिरहेको कारण बारे छलफल गरिरहेका थिए । एक लगानीकर्ताले भने, “अर्थमन्त्री बजारबारे सकारात्मक छन् , खासमा गलत त गभर्नर पो हुन्। अर्थमन्त्रीले सधैं बजारलाई समेटेर लान खोजेको जस्तो देखिन्छ र गरेका पनि छन्, बजेटमा सम्बोधन हुन नसकेका सेयर बजारका मुद्धा मौद्रिक नीति मार्फत सम्बोधन गर्ने आश्वासन दिएका छन् , गभर्नरले समेट्न नचाहेर पो हो ! बजारबारे सकारात्मक निर्णय लिएर लगानीकर्ता सरकार प्रति सकारात्मक भए एमालेको भोट कटिन्थ्यो, यस्तो गभर्नरले कसरी हेर्न सक्लान् ।”

गफगाफमै अर्का लगानीकर्ताले भने," खुलेआम रूपमा ब्याज बढ्दैछ भनेर बजारलाई प्यानिक मात्र बनाउने काम गरे, अर्को महिना पनि ब्याज नबढ्ने कुरा छ यसरी हल्ला फुटाएर गभर्नरले गम्भीर वित्तीय अपराध गरे। ”

उनको कुरामा समर्थन जनाउँदै अर्का लगानीकर्ताले भने, "गभर्नरको नियतनै बाजार घटाउने देखिन्छ, उनले राजनीतिक स्वार्थका लागि सरकारलाई असहज गरेकै हुन्।उनको बहिर्गमन बिना बजार बढ्ला जस्तो लाग्दैन मलाई त । ”

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको