नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई आश्वा सदस्यता अनुमति नवीकरण गर्न आग्रह गरेकाे छ ।
सेबाेनले आज एक सूचना प्रकाशन गर्दै धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ को दफा ६ बमोजिम बोर्डबाट आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आ.व. २०७८/७९ को आस्वा अनुमतिपत्र नविकरणका लागि २०७९ जेठ मसान्तभित्र निवेदन दिइसक्नुपर्ने व्यवस्था अवगत गराएकाे छ ।
सेबाेनले हालसम्म अनुमतिपत्र नविकरणका लागि निवेदन पेश नगरेका आस्वा सदस्यहरुले २०७९ जेठ मसान्तभित्र अनुमतिपत्र नविकरणका लागि नवीकरण दस्तुर, सक्कल अनुमतिपत्र र निर्देशिकाले तोकेका योग्यता पूरा भएको जनाउने विवरणसहित अनुसूचीले तोकेको ढाँचामा निवेदन तयार गरी पेश गर्न अनुरोध गरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस