अर्थ संसार, ललितपुर– साझा यातायातले उपत्यका बाहिर (लामो दूरी) मा सेवा बिस्तार गर्ने भएको छ ।साझा यातायातले १३ वटा नयाँ बस खरिद गरेर सेवा बिस्तार गर्न लागेको हो ।
साझाले अहिले दैनिक एउटा काठमाडौँ–बाग्लुङ सेवा सञ्चालन गरिरहेको छ । देशका अरु भागमा समेत लामो दूरीमा साझा बस चलाउन माग भएको कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो । साझाको पुरानै रङ्ग र सेवा हुनेछ ।
तेह्रवटा नयाँ गाडीमध्ये १२ वटा डिलक्स र एउटा अपाङ्गता, ज्येष्ठ नागरिकमैत्री होचो गाडी छ । यी बस केही समयमा नै उपत्यका भित्रने उहाँ बताउनुहुन्छ । नयाँ रुटको टुङ्गो अहिले नै साझाले गरिसकेको छैन । उहाँले भन्नुभयो, “धेरै ठाउँबाट माग भएको छ त्यहीमध्येबाट गाडी आएपछि छनोट हुनेछ ।”
गत वर्ष काठमाडौँ महानगरपालिकाले रु १० करोडको सेयर खरिद गरेको थियो । त्यही रकमबाट साझाले नयाँ बस खरिद गर्न लागेको हो । ललितपुर महानगरपालिकाले पनि केही दिन पहिले रु एक करोडको सेयर खरिद गरेको थियो । गत ३० गते महानगरपालिका र साझा यातायातकाबीचमा सम्झौता भएको हो ।
विसं २०१८ मा स्थापित साझा यातायात पहिले उपत्यका र उपत्यका बाहिर सहज यातायातको साधन मानिन्थ्यो । दुई दशक बन्द भएपछि गत वर्षको वैशाखबाट फेरि सञ्चालनमा आएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस