Like us!
Follow us!
Connect us!
Watch us!

निर्यातको पचास प्रतिशत हिस्सा खाने तेलको

पत्रपत्रिका

मंगलबार, २४ जेठ २०७९, ०७ : ५६ मा प्रकाशित

निर्यातको पचास प्रतिशत हिस्सा खाने तेलको

नेपालबाट निर्यात हुने वस्तुुहरूमा ५० प्रतिशत हिस्सा खाने तेलको रहेको छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म एक खर्ब ७३ अर्ब ३७ करोड ८२ लाख १२ हजार  रुपियाँको  बराबरको  कुुल  निर्यात  हुुँदा  ५०.२  प्रतिशत  अर्थात्  ८७ अर्ब ६० करोड रुपियाँ बराबरको खाने तेल (भटमास, पाम तेल र सूूर्यमुखी) रहेको छ । निर्यातमा खाने तेलको हिस्सा ५० प्रतिशत रहे पनि जुन स्वदेशी उत्पादन नभई कच्चा पदार्थ आयात पुनः प्रशोधन गरेर निर्यात हुने गरेको छ । स्वदेशी उत्पादन नभई कच्चा पदार्थ आयात गरी भ्यालु एड गरेर निर्यात हुँदा निर्यात दीर्घकालीन हुने व्यापार विज्ञहरूले बताएका छन् । सो अवधिमा सोयाबिन तेलको निर्यात २६.८५ प्रतिशतले बढेर ४५ अर्ब ३५ करोड २१ लाख ७० हजार रुपियाँको आयात भएको छ ।

चालू आवको १० महिनामा ८४ अर्ब १५ करोड  रुपियाँ  बराबरको  तेलको  कच्चा  पदार्थ  आयात गरेर पुनः प्रशोधन गरेर ८७ अर्ब ६० करोड रुपियाँको निर्यात भएको छ ।

गोरखापत्र दैनिका समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको