Like us!
Follow us!
Connect us!
Watch us!

१० महिनापछि खुलेको समता घरेलु लघुवित्तको कारोबार, खुल्नासाथ सकारात्मक सर्किट

अर्थ संसार

मंगलबार, २१ बैशाख २०७८, ११ : २५ मा प्रकाशित

१० महिनापछि खुलेको समता घरेलु लघुवित्तको कारोबार, खुल्नासाथ सकारात्मक सर्किट

गत असार १ गते, साेमबारबाट दाेश्राे बजारमा राेक्का राखिएकाे समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार आज (वैशाख २१ गते, मंगलबार) बाट खुलेकाे छ । खुल्नासाथ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम असार १ गते, साेमबारबाट समता लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार राेक्का राखेकाे थियाे ।

हिजाे (वैशाख २० गते, साेमबार) एक आपसमा १:०.८० काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे २८ लाख ५६ हजार २ सय एक दशमलव ६० कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे थियाे । सेयर सूचिकृत हुनुका साथै काराेबार पनि फुकुवा भएकाे थियाे ।

साेही अनुसार  आज (वैशाख २१ गते, मंगलबार) नेप्सेमा संस्थाकाे काराेबार सुचारू भएकाे हाे ।मर्जरपछि  समता घरेलु लघुवित्तको नामबाट साविक कै SMATA सिम्बलमा ५५० मूल्यबाट काराेबार सुचारू भएकाे थियाे । अहिले यस समाचार तयार पार्दासम्म संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ५ रूपैयाँ पुगेकाे छ । 

समता र घरेलु लघुवित्त वित्तीय संस्थाको वैशाख २ गतेबाट एकीकृत कारोबार सुरू भएको हो । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको