Like us!
Follow us!
Connect us!
Watch us!

बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, ०८ : ४४ मा प्रकाशित

बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज

कोभिडविरुद्धको खोपको दोस्रो मात्रा लगाइसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि बुस्टर डोज दिइने भएको छ । बालबालिकालाई बुस्टरडोज खोप लगाउँदा फरक फरक खोपको मात्रा पनि फरकफरक हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फाइजर खोप बुस्टर लगाउँदा शून्य दशमलव ३ एमएल र मोर्डना खोप लगाउँदा सून्य दशमलव २५ एमएल दिनुपर्ने मन्त्रालयले जनाएको छ । 

पहिलो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बाग्लुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा बालबालिकालाई खोप अभियान सञ्चालन गरिने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको