Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सको साधारण सभा आज, लगानीकर्ताको हात खाली

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, ०९ : २४ मा प्रकाशित

गोर्खाज फाइनान्सको साधारण सभा आज, लगानीकर्ताको हात खाली

गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको वैशाख २६ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको सत्ताइसौँ वार्षिक साधारण सभा आज जेठ २७ गते, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बानेश्वर, काठमाडौँमा बिहान ११:३० बजेदेखि सुरु हुनेछ । 

कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छैन । त्यसैले, कम्पनीका सेयरधनीहरूको हात खाली हुनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७र७८ को वासलात, नाफा नोक्सान हिसाबमा छलफल गरि पारित गर्ने छ, त्यस्तै आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षण कार्यको लागी लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १२ गतेदेखि जेठ २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, जेठ ११ गतेसम्म नेपल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको