Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै

अर्थ संसार

आइतबार, २९ जेठ २०७९, १० : २२ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निमार्ण गर्ने भएको छ । 

उक्त भवन निर्माणहेतु भवनको डिजाइज बनाउने सम्झौता समेत गरेको छ । बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्मुतीय इन्जिनियरिङ्ग लगायत दिगो डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटिसँँग सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबिटिका प्रमुख आर्किटेक्ट संजय बहादुर थापाबीच हस्ताक्षर भएको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २९ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको