बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज १७ गते ४५ अर्ब रुपैयाँबराबरको जारी गर्ने भएको छ। बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ निष्कासन गर्न भएको हो। यो ऋणपत्र खरिदका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आवेदन दिन सक्नेछन्।
आज मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ। यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८४ असार १७ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ।
यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ। यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस