Like us!
Follow us!
Connect us!
Watch us!

आगामी मौद्रिक नीति कसिलो हुने राष्ट्र बैंकको संकेत, असुलीमा जोड दिँदै बैंकहरु

पत्रपत्रिका

बुधबार, ०१ असार २०७९, ०७ : ३४ मा प्रकाशित

आगामी मौद्रिक नीति कसिलो हुने राष्ट्र बैंकको संकेत, असुलीमा जोड दिँदै बैंकहरु

कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमाभित्र ल्याउन बैंकहरूले कर्जा असुलीमा जोड दिन थालेका छन् । नेपाल बैंकर्स संघका अनुसार जेठ २० गतेदेखि २७ गतेसम्ममा २ अर्ब रुपैयाँ कर्जा असुली गरेका छन् । यस अवधिमा बैंकहरूको निक्षेप भने ३ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो साता पनि बैंकहरूको कर्जा प्रवाह २ अर्ब रुपैयाँले नै घटेको थियो ।

नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा सीडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने प्रावधान लागू गर्दै उक्त सीमाभित्र ल्याउन असारसम्मको समय दिएको छ । तर, बजारमा तरलता अभावसँगै बैंकहरूको सीडी रेसियो राष्ट्र बैंकले तोकेभन्दा बढी भएपछि बैंकहरूले कर्जा प्रवाह ठप्पजस्तै पारेका छन् ।

पछिल्लो समय बैंकहरूले निक्षेप संकलन गरे पनि कर्जा प्रवाह गरेका छैनन् । यसले गर्दा बैंकहरूको सीडी रेसियोमा सुधार भएको छ । संघका अनुसार जेठ २० गतेसम्ममा वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ९० दशमलव ३२ प्रतिशत रहेकोमा जेठ २७ मा ९० दशमलव २२ प्रतिशतमा झरेको छ । तैपनि १५ ओटा बैंकको सीडी रेसियो राष्ट्र बैंकले तोकेभन्दा बढी छ ।

निक्षेप बढे पनि बैंकहरूले कर्जा प्रवाह घटाउँदै जाने रणनीति लिएका छन् । पछिल्लो समय बैंकहरू नयाँ कर्जा प्रवाह बन्द गर्दै असुलीमा केन्द्रित भएका छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सीडी रेसियो ९० प्रतिशतको सीमाभित्र ल्याउन असारसम्म समय दिएको छ । त्यसका लाथि थप समय नदिने संकेत पाएपछि बैंकहरूलाई कर्जा असुल गरेर भए पनि सीडी रेसियो तोकिएको सीमाभित्र ल्याउन दबाब रहेको छ ।

सीईओहरूसँग छलफल

नेपाल राष्ट्र बैंकले मंगलवार वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग छलफल गरेको छ । बैंक सञ्चालकहरूसँग छलफल गरेको १ सातापछि सीईओहरूसँग छलफल गर्दै राष्ट्र बैंकले आगामी मौद्रिक नीति कसिलो हुने संकेत दिएको छ । डेपुटी गभर्नरहरू डा. नीलम ढुंगाना र बमबहादुर मिश्रका साथै बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललगायत उच्च अधिकारी सहभागी बैठकमा बैंक तथा वित्तीय संस्थाहरू कर्जा प्रवाह, नाफा आर्जनमा आक्रामक हुँदा अस्वस्थ प्रतिस्पर्धा भएको, निर्देशनविपरीत बजारमा काम भएकोलगायत विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको