Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको सेयर लिलामीमा, मूल्य कति ?

अर्थ संसार

विहीबार, ०२ असार २०७९, १० : ४३ मा प्रकाशित

सिटिजन्स बैंकको सेयर लिलामीमा, मूल्य कति ?

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २ लाख ६६ हजार ९ सय ९९ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएकाे छ । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुसहित अन्य व्यक्ति, कम्पनी तथा संघ/संस्थाहरूले आज असार २ गते, बिहीबारदेखि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिसेयर एक सय ६३ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले सेयर खरिद खर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । साे भन्दा बढीकाे लागि १००० काे गुणामा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । यस सेयरमा असार १६ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । 

त्यसैगरी, बैंककाे सेयर बिक्री प्रबन्धककाे काम सनराइज क्यापिटल लिमिटेडले गरेकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

62aaba0fabd0e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको