Like us!
Follow us!
Connect us!
Watch us!

‘मर्जर’ दौडमा वाणिज्य बैङ्कहरु

पत्रपत्रिका

शुक्रबार, ०३ असार २०७९, ०६ : ४२ मा प्रकाशित

‘मर्जर’ दौडमा वाणिज्य बैङ्कहरु

मर्जरकै इतिहासमा पहिलो ठूलो बैङ्क बनेको ग्लोबल आईएमईले पुरानो रेकर्डलाई यथावत् राख्ने भएको  छ  ।  बैङ्क  अफ  काठमाण्डूसँग  मर्जरको  सम्झौता गरेको ग्लोबल आईएमईले ठूलो बैङ्कको ताज बचाइराख्ने भएको हो ।

मर्जरपश्चात् बन्ने ग्लोबल आईएमई बीओके’ले कुल पुँजी ५२.२९ अर्ब, चुक्ता पुँजी ३४.४१ अर्ब, कुल निक्षेप तीन खर्ब ८४ अर्ब, कुल कर्जा तीन खर्ब ८० अर्ब रुपियाँसहित नेपालको सबैभन्दा ठूलो बैङ्क हुने भएको हो ।

एक साताअघि मात्र नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्कले देशकै ठूलो बैङ्क बन्ने गरी सम्झौता गरेका थिए भने हाल सबैभन्दा ठूलो बैङ्कका रूपमा चिनिएको ग्लोबलले बीओकेसँग सम्झौता गरेर ठूलो बैङ्कको ताज जोगाउने भएको छ ।

मर्जरका लागि ग्लोबल आईएमई बैङ्कका तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैङ्क अफ काठमाण्डूका तर्फबाट बैङ्कका अध्यक्ष प्रकाश श्रेष्ठले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । मर्जरपश्चात् बन्ने नयाँ बैङ्कको सञ्चालक समितिमा ग्लोबल आईएमई बैङ्कका तर्फबाट  अध्यक्ष  चन्द्रप्रसाद  ढकालसहित  पाँच  जना र बैङ्क अफ काठमाण्डूका तर्फबाट दुई जना रहने सहमति भएको छ । त्यसैगरी बैङ्कको प्रमुख कार्यकारी अधिकृतका रूपमा ग्लोबल आईएमईका रत्नराज वज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ  ।  ग्लोबल  आइएमई  र  बीओकेको  सम्पत्ति  तथा  दायित्वको  मूल्याङ्कनबाट  सिफारिस  भई  आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।

अन्य बैङ्क पनि दौडमा

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले आफू मर्जरमा सहभागी नहुने राष्ट्र बैङ्कलाई बताइसकेको छ । इन्भेस्टमेन्ट बैङ्कसँग डिमर्जर गरेर अर्को पार्टनरको खोजीमा रहेको हिमालयन बैङ्कले आठ अर्ब ६४ करोड रुपियाँ चुक्ता पुँजी भएको सिभिल बैङ्कसँग छलफल गर्दै छ भने साधारण सभाबाटै मर्जरलाई प्राथमिकतामा राखेका अन्य बैङ्क पनि सुहाउँदो पार्टनरको खोजी गरिरहेका छन् ।

प्रभु, माछापुच्छे«, सेन्चुरी कमर्सियल, सनराइज बैङ्क, सिटिजन्स इन्टरनेसनल, कुमारी, सिद्धार्थलगायतका बैङ्क पनि मर्जरका लागि राम्रो पार्टनरसँगको छलफलमा छन् । सेन्चुरी बैङ्कसँग छलफलमा  रहेको  माछापुच्छ«े बैङ्क फेरि प्रभु बैङ्कसँग छलफलमा रहेको छ ।

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको