Like us!
Follow us!
Connect us!
Watch us!

‘सानो पूँजीबाट लगानीको शुरुवात गरौँ, पूँजीबजारले संघीयतालाई बलियो बनाउन सहयोग गर्छ’

अर्थ संसार

आइतबार, ०५ असार २०७९, १० : ३१ मा प्रकाशित

‘सानो पूँजीबाट लगानीको शुरुवात गरौँ, पूँजीबजारले संघीयतालाई बलियो बनाउन सहयोग गर्छ’

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले नाफा कमाउने लोभमा ऋण लिएर सेयरमा लगानी गर्दा लगानीनै जोखिममा पर्नसक्ने बताएका छन् । 

बिरेन्द्रनगर सुर्खेतमा आयोजित पूँजीबजार सचेतना कार्यक्रममा बोल्दै उनले नाफा कमाउने लोभमा ऋण लिएर लगानी गर्दा लगानी जोखिममा पर्न सक्ने भन्दै सानो पूँजीबाट लगानीको शुरुवात गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका हुन् ।

संघीयताको भावनालाई हामीले अझै पनि बुझेका छौनौ भन्दै मुख्यमन्त्री शाहीले संघीयतालाई बलियो बनाउन पनि पूँजीबजारले सहयोग गर्ने उल्लेख गरे । नेपाली समाजमा वित्तीय अनुशासन कमजोर भएको उल्लेख गर्दै,लगानीकर्ता, बैकर्रहरु तथा व्यवसा यीहरुले वित्तीय अनुशासनमा ध्यान दिनु आवश्यक भएकोमा मुख्यमन्त्री शाहीले जोड दिए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले दोस्रो बजारमा लगानीकर्ताहरुको संख्याको तुलनामा लगानीकर्ता साक्षरताको अवस्था भने कमजोर रहेको बताए ।

देश व्यापी रुपमा पूँजीबजार सचेतना वृद्धिकालागि नेपाल धितोपत्र बोर्डले सम्वद्ध निकायहरु संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु अघि बढाएको डा. अधिकारीले बताए ।

उनले लगानगर्दा हतारमा नगरी  कम्पतीमा पनि दुई बर्ष सम्म पखिर्ने गरी लगानी गर्ने कम्पनीको अध्ययन गरेर मात्र लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको